भेरीमा आजै अर्का कोरोना संक्रमित महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • ११ बैशाख २०७८, शनिबार

तस्बिर:फाइल

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमित एकजनाका अर्का बिरामीको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचारका क्रममा खजुरा गाउँपालिका-२ बाँकेका ७२ वर्षिय महिलाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि बैशाख ७ गते नेपालगन्ज मेडिकल कलेजको पीसीआर प्रयोगशालामा परिक्षण गर्दा उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोभिड पुष्टि भएपछि सुरुमा होम आइसोलेसनमा बस्नुभएको उहाँमा थप समस्या आएपछि हिजो बैशाख १० गते शुक्रबार भेरी अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज शनिबार दिउसो ४:२० बजे मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै कोरोना संक्रमणका कारण हालसम्म बाँकेका ७८ जनाले ज्यान गुमाइसकेका छन् ।यसअघि अस्पतालमै आज बिहान नेपालगन्जका एक जना महिलाको कोभिड संक्रमणकै कारण ज्यान गएको थियो ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech