२८२ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • ११ बैशाख २०७८, शनिबार

तस्बिर:फाइल

काठमाडौंः देशभर हाल २८२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २१३ आइसियु र ६९ जना भेन्टिलेटरमा गरी २८२ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २३० जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।

प्रदेश १ मा १४ र प्रदेश २ मा ७ जना कोरोना संक्रमित आइसियुमा छन्। यहाँ कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। बागमती प्रदेशमा ८३ जना आइसियु र ४९ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७४ जना आइसियु र १६ जना भेन्टिलेटरमा, कर्णालीमा १६ जना आइसियु र सुदूरपश्चिम प्रदेशमा १४ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech