पछिल्लो २४ घण्टामा २,६१८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ११ बैशाख २०७८, शनिबार

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर २६ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस्तै १४ को मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६६८ जनाको पिसिआर परीक्षणमा २ हजार ६१८ जनालाई संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा संक्रमित हुनेको सख्या दुई लाख ९७ हजार ८७  पुगेको छ।हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ८२८  पुगेको छ।

आज देशभर ३६८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ७६ हजार १२३ संक्रमित निको भइसकेका छन्।

देशभर ७१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech