कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्रसहित परिवारका ३ जना नर्भिकमा भर्ना

    • स्वास्थ्य पेज

  • ११ बैशाख २०७८, शनिबार

तस्बिर:फाइल

काठमाडौंः कोरोना भाइरस संक्रमण पुष्टि भई आइसोलेसनमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पति अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि निर्मल निवासस्थित आइसोलेशनमा रहनुभएका शाह दम्पती नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो ।

केही दिनअघि कोरोना संक्रमण भएपछि आइसोलेट हुनुभएका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको नर्भिक अस्पताल स्रोतले जनाएको छ ।

यस्तै पूर्वअधिराजकुमारी प्रेरणा पनि अस्पताल भर्ना हुनुभएको छ। अस्पतालमा उपचारमा संलग्न चिकित्सकहरुका अनुसार तिनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।

भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर पूर्वराजा शाह वैशाख ७ गते स्वदेश फर्कनुभएको थियो ।

स्वदेश फर्किएपछि गरिएको परीक्षणमा उहाँहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो।हरिद्वारको कुम्भ मेलामा सहभागी भएका सयौंलाई यसअघि नै कोरोना पुष्टि भएको छ ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech