तत्काल अक्सिजनको समस्या टर्दै, सांसद राईले भेरीलाई ५ हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने

    • स्वास्थ्य पेज

  • ११ बैशाख २०७८, शनिबार

नेपालगन्ज: जिल्लामा कोरोना भाइरस संक्रमण नियन्त्रण बाहिर गएपछि गम्भीर प्रकृतिका संक्रमितहरु बढिरहेका छन् । जिल्लाका दुई ठूला अस्पतामा कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार भैरहेको छ ।

अस्पतालका शैया करिब भरिभराउ छन् । अहिले संक्रमण पुष्टि हुनेहरुपनि अधिकांश लक्षण चिंह देखिएकाहरु छन् । उपचारमा अधिकांशलाई अक्सिजन दिन परेको चिकित्सहरुले बताउँदै आएका छन् ।

संक्रमण अस्वभाविक रुपमा बढ्न थालेपछि अहिले अक्सिजन सम्मको अभाव हुने डर सुरु भएको छ । यो समस्या बाहिर आएपछि गम्भीर संक्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन बाँके क्षेत्र नं २ का सांसद तथा पूर्व शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले उपलब्ध गराउने हुनुभएको छ ।

अक्सिजनको कमी हुन थालेको र गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा समस्या भैरहेको खबर बाहिर आएपछि उहाँले ५ हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउन लाग्नुभएको हो ।

आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने निर्णय गरेको राईले जानकारी दिनुभयो ।

 

 

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech