बलिवुड अभिनेत्री सुस्मिता सेनले दिल्लीका विभिन्न अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने

    • स्वास्थ्य पेज

  • ११ बैशाख २०७८, शनिबार

नयाँ दिल्ली: भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर छ । संक्रमणका कारण हजारौ नागरिकहरुले हरेक दिन ज्यान गुमाइरहेका छन् ।

अस्पतालमा गम्भीर बिरामीहरु भर्ना छन् । देशभर उपचारमा समस्या, अक्सिजन अभाव लगायतले चिकित्सकहरु चिन्तित छन् । अक्सिजन अभाव भैरहेको खबर बाहिर आएपछि बलिवुड अभिनेत्री सुस्मिता सेनले दिल्लीका विभिन्न अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएकी छन् ।

अभिनेत्री सेनले अक्सिजनको अभाव भएको सुनेपछि आफुले विभिन्न अस्पताललाई अक्सिजन सिलिन्डर दिन लागेको जानकारी दिएकी हुन् । “अहिले जताततै अक्सिजनको अभाव छ । यो निकै दुखद हो ।

मैले केही अक्सिजनका सिलिन्डरको व्यवस्था गरेको छु । तर मुम्बईबाट दिल्लीसम्म पुर्‍याउने उपाय भेटिएन,कृपया मलाई सहयोग गर्नुहोला,” उनले ट्विटरमा लेखेकी छन् ।

अक्सिजन सिलिन्डको व्यवस्था गरेपनि उनले दिल्ली पु¥याउन नसकिएको ट्विटरमार्फत जानकारी दिएकी हुन् ।

 

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech