६६५ जनाको नमुना परिक्षण गर्दा ४७८ जनामा कोभिड पुष्टि, संक्रमण नियन्त्रण बाहिर

    • स्वास्थ्य पेज

  • १० बैशाख २०७८, शुक्रबार

तस्बिर:फाइल

नेपालगन्ज: बाँकेमा कोरोना भाइरस संक्रमण नियन्त्रण बाहिर गएको छ । संक्रमण तिब्र रुपमा फैलिएपछि कोभिड अस्पताल संक्रमितले भरिभराउ छन् ।

जिल्लामा आज शुक्रबार एकैदिन ६६५ जनाको नमुना परिक्षण गर्दा ४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा २६९ नमुना परिक्षण गर्दा २५० जनामा कोभिड पुष्टि भएको अस्पतालले जारी गरेको रिर्पोटमा उल्लेख छ ।

अस्पतालमा देखिएको यो संख्याको पोजिटिभिटी दर ९२.९ प्रतिशत हो । त्यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको १०३ नमुना परिक्षणमा ५२ जना र त्यही १८३ नमुना परिक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

त्यस्तै जिल्लाको अर्को प्रयोगशाला बागेश्वरी ल्याबमा ११० नमुना परिक्षण गर्दा ७३ जना गरि शुक्रबार कुल ४७८ जनामा कोभिड पुष्टि भएको हो ।

जिल्लाभरको पोजिटिभिटी दर ७२ प्रतिशत रहेको छ । संक्रमण अस्वभाविक रुपमा बढेपछि चिकित्सकहरले स्वास्थ्य सावधानी अपनाउन अपिल गरेका छन् ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech