नेपालगन्जः सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले भेरी अस्पताल नेपालगन्जलाई २ थान अक्सिजन कन्सेनट्रेटर सहयोग गरेको छ ।
क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसी र निर्देशक डा कृष्णप्रसाद आचार्यले शुक्रबार भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य कृष्णप्रसाद श्रेष्ठ र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापालाई अक्सिजन कन्सेनट्रेटर हस्तान्तरण गर्नुभएको हो ।
करिव ८० हजार मूल्य बराबरको उक्त अक्सिजन कन्सेनट्रेटर हस्तान्तरण गरिएको हो । अस्पतालसँग ५ वटा अक्सिजन कन्सेनट्रेटर थियो । भेरीमा अक्सिजनको अभाव छ । अक्सिजन कन्सेनट्रेटरले अक्सिजनको विकल्पमा सहयोग पुर्याउँछ ।
एउटा अक्सिजन कन्सेनट्रेटरले अक्सिजनको पाइप लाइन विस्तार नभएको ठाउँमा कम्तीमा पनि २ जना बिरामीलाई अक्सिजन दिन सकिनेछ ।