भेरी अस्पतालमा फेरि थपिए २५० संक्रमित, अधिकांशमा लक्ष्ण चिन्ह

    • स्वास्थ्य पेज

  • १० बैशाख २०७८, शुक्रबार

नेपालगन्जः कोरोनाको हटस्पट बनेको बाँकेमा संक्रमित थपिनेक्रम बढेको बढेइ छ । भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप २ सय ५० जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ६९ जनाको नमुना परीक्षण गर्दा २ सय ५० जनामा भाइरस पुष्टि भएको हो। यस्को अनुपान ९३ प्रतिशत हुन आउँछ् ।

संक्रमित अधिकांश लक्षण चिन्ह सहितका छन् । आजै दिउँसो मात्रै कोरोना संक्रमित राजापुर-९ बर्दिया निवासी ४२ बर्षिय पुरुष र बैजानाथ-२ बाँके निवासी ६५ बर्षिय पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech