दुई सय सिलिन्डर अक्सिजन खरिदका लागि बेहनाको २ लाख सहयोग

    • स्वास्थ्य पेज

  • १० बैशाख २०७८, शुक्रबार

नेपालगन्ज: कोरोना भाइरस संक्रमण पुष्टि भएका गम्भीर प्रकृतिका बिरामीहरु बढ्दै गएपछि अस्पतालहरुमा अस्सिजनको खपत बढ्दो छ ।

संक्रमण पुष्टि हुनेहरु अधिकांश लक्षण चिंह देखिएका र त्यसमा पनि अक्सिजन चाहिनेहरु बढि रहेको थाहाँपाएपछि नेपालगन्ज उपमहानगरपालिका-४ का वडाअध्यक्ष सफिक वेहनाले भेरी अस्पताललाई दुई सय सिलिण्डर अक्सिजन खरिदका लागि २ लाख रुपैया सहयोग गर्नुभएको छ ।

भेरी अस्पतालमा अक्सिजनको अभाब भइरहेको कुरा बाहिर आएपछि उहाँले व्यक्तिगतरुपमा अक्सिजन दिने घोषणा गर्नु भएको थियो । सोही घोषणा बमोजिम आज उहाँले एक कार्यक्रमका बिच अस्पतालाई दुई लाख रुपैयाँ सहयोग गर्नुभएको हो ।

सहयोग हस्तान्त्रण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा.धवलशमसेर राणा,भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, अस्पतालका मेसु डा.प्रकाश बहादुर थापा लगायतको सहभागिता थियो ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech