२८ वर्षिय युवाले पनि जित्न सकेनन् कोरोना, मेडिकल कलेजमा तीन जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १० बैशाख २०७८, शुक्रबार

तस्बिर:फाइल

काठमाडौं: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप ३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा जिल्लाका २ जना र जिल्ला बाहिरका १ जना गरि ३ जनाले मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा बनगाड-३ सल्यानका ५६ वर्षिय पुरुष, जानकी गाउँपालिका-१ बाँकेका ७१ वर्षिय महिला र बैजनाथ गाउँपालिका-६ बाँकेका २८ वर्षिय पुरुष रहनुभएको छ।

कोरोना भाइरस संक्रमण करिब नियन्त्रण बाहिर गइसकेको बाँकेमा संक्रमण दरसँगै मृत्यु दरपनि उस्तै बढिरहेको छ । हिजो बाँकेका २ जना महिलाले पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाएका थिए । गम्भीर प्रकृतिका बिरामीहरु बढि रहेका कारण मृत्यु दर बढिरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

बाँकेमा कोरोना संक्रकित बिरामीहरुको उपचार गरिरहेका २ अस्पतालमा शैया अभाव रहेको र उपचारमा समस्या भैरहेको स्वास्थ्यकर्मी बताउँछन् ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech