काठमाडौं: कोरोना भाइरस सकंमण तिब्र रुपमा फैलिएको भारतमा गएको २४ घण्टामा ३ लाख १४ हजार ८३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरस संक्रमण निरन्तर उकालो लागिरहेको भारतमा सोही समयमा २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकका उल्लेख छ ।
भारतभर हालसम्म १ करोड ५९ लाख ३० हजार ९६५ जनामा संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ । संक्रमणकै कारण हालसम्म १ लाख ८४ हजार ६५७ जनाले ज्यान गुमाएका छन् ।
विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । संक्रमण तिब्र रुपमा फैलिएपछि कोरोना संक्रकित बिरामीहरुको उपचारमा समस्या भैरहेका छ ।
भारतीय सञ्चार माध्यमका अनुसार अस्पतालमा शैया अभाव छन्, त्यस्तै अक्सिजनको समेत कमी हुन थालेको छ ।