४८२ नमुना परिक्षण गर्दा ३८८ जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • ९ बैशाख २०७८, बिहीबार

नेपालगन्ज: कोभिड संक्रमण तिब्र रुपमा फैलिएको बाँकेमा आज एकैदिन ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार जिल्लाका ३ वटा प्रयोगशाला र नेपालगन्ज स्थित जमुनाह नाकामा गरिएको परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

ओलीका अनुसार भेरी अस्पतालको प्रयोगशालामा २७६ नमुना परिक्षण गर्दा २४८ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा १०७ नमुना परिक्षण गर्दा ७३ जना, बागेश्वरी ल्याबमा ७४ नमुना पक्षिण गर्दा ५९ जना र जमुनाह नाकामा २५ जनाको नमुना परिक्षण गर्दा ८ जना गरि कुल ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

आजमात्रै कोरोना संक्रमणका कारण जिल्लामा २ जनाले ज्यान गुमाएका छन् । नेपालगन्ज उपमहानगरपालिका-१७ की ८६ वर्षीय महिला र नेपालगन्ज उपमहानगरपालिका-१ की ६५ बर्षीया महिलाको कोरोना संक्रमणको कारण आज मृत्यु भएको थियो ।

जिल्लामा एकसातादेखि अस्वभाविक रुपमा कोरोना भाइरसका बिरामीहरु बढिरेहका छन् । त्यस्तै संक्रमणका कारण मृत्यु दरपनि उकालो लाग्दै गइरहेको छ ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech