कोरोनाबाट नेपालगन्जकी एक महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • ९ बैशाख २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका-१७ की ८६ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

ती महिलाको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि गएको ७ गते अस्पताल भर्ना भएकी थिइन् । ८ गते रिपोर्ट पोजेटिभ आयो । उनको ९ गते विहान २ बजे मृत्यु भएको हो।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट ६७ जनाको मृत्यु भएको छ ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech