लकडाउनको पहिलो दिनः नेपालगन्ज बन्यो सुनसान

    • स्वास्थ्य पेज

  • ९ बैशाख २०७८, बिहीबार

तस्विरःफाइल

नेपालगन्जः कोरोनाको उच्च जोखिममा रहेको नेपालगन्जमा गरिएको लकडाउनका कारण आज बजार सुनसान बनेको छ । सडकमा मानिसहरुको उपस्थिति छैन् ।

कोरोनाको चेन ब्रेक गर्न गएराती १२ बजेदेखि लागु हुने नेपालगन्जमा एकहप्तामा एक हप्ता लकडाउन गरिएको छ । अत्यावश्यक सेवा बाहेक अरु सबै बन्द गरिएको छ ।

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसंचार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्द पदार्थ, औषधी पसल, बैंकको एटिएमलगायतका अत्यावश्यक सेवाहरु एवं सार्जजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षाहरु र हवाइ सेवा भने निर्वाध संचालनमा छन् ।

यस्तै एम्बुलेन्स, शववाहक, दमकल, झण्डावाल सवारी र कुटनीतिक नियोग, लामो दुरीका सवारी साधन, मालकबाहक साधन, निर्माण सामग्री ढुवानीका साधानहरु, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधन, अनुमति लिएका सवारी साधन पनि चलेका छन् ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech