२४ घण्टामा १९३ बालबालिकामा कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • ८ बैशाख २०७८, बुधबार

काठमाडौंः पछिल्लो २४ घण्टामा १९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका ४३ र १० देखि १९ वर्ष उमेर समूहका भने १५० बालबालिका कोरोना संक्रमित भएका हुन् ।

यस्तै देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech