अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन मन्त्रालयको आग्रह

    • स्वास्थ्य पेज

  • ८ बैशाख २०७८, बुधबार

काठमाडौः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ। कोरोना प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाको संक्रमण दर अत्याधिक बढेको भन्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्नुभएको हो।

हरेक चार दिनमा संक्रमण दर दोब्बर रुपले वृद्धि हुँदै गइरहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य संरचनाले धान्न नसक्ने गरी संक्रमितको संख्या बढ्दै गइरहेको प्रवक्ता गौतमले बताउनुभयो ।

कोरोनाको जोखिम न्यूनीकरणका लागि सबैले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न मन्त्रालयले अपिल गरेको छ। मानिसहरुको धेरै भीडभाड हुने गरी सभा, सम्मेलन, जात्रा, बैठक लगायतका क्रियाकपाल नगर्न प्रवक्ता गौतमले आग्रह गर्नुभयो ।

 

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech