कोहलपुरका ९० वर्षीय बृद्धको कोरोनाबाट मृत्यु

    • स्वास्थ्य पेज

  • ८ बैशाख २०७८, बुधबार

नेपालगन्जः बाँकेको कोहलपुरका ९० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-१२ का ती व्यक्तीको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि बैशाख ६ गते कोरोना परीक्षण गरिएको थियो । त्यसैदिन रिपोर्ट पोजेटिभ आयो । उनको उपचारका क्रममा आज विहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech