नेपालगन्जमा आज रातीदेखि लकडाउन (यी सेवाबाहेक अरु सबै बन्द)

    • स्वास्थ्य पेज

  • ८ बैशाख २०७८, बुधबार

नेपालगन्जः बाँकेमा कोरोनाको उच्च जोखिम क्षेत्र मानिएको नेपालगन्जमा आज रातीदेखि लकडाउन सुरु हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा जारी सूचनामा कोरोनाको चेन ब्रेक गर्न एकहप्ताका लागि लकडाउन गरिएको जानकारी दिइएको छ ।
यी सेवाबाहेक अरु बन्द
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसंचार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्द पदार्थ, औषधी पसल, बैंकको एटिएमलगायतका अत्यावश्यक सेवाहरु एवं सार्जजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षाहरु र हवाइ सेवा भने निर्वाध संचालन हुने छन् ।
यी साधन चल्न पाउने छन्
एम्बुलेन्स, शववाहक, दमकल, झण्डावाल सवारी र कुटनीतिक नियोग, लामो दुरीका सवारी साधन, मालकबाहक साधन, निर्माण सामग्री ढुवानीका साधानहरु, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधन, अनुमति लिएका सवारी साधन चल्न पाउने छन् ।

तर यी सेवा प्रवाह गर्ने कर्मचारी तथा व्यक्तिहरुले अनिवार्यरुपमा भौतिक दुरीलगायतका जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने प्रजिअ गेलालद्धारा जारी सूचनामा उल्लेख छ । बाँकेमा भाइरस संक्रमण द्रूतगतिमा फैलिरहेको छ । अहिलेसम्म ७ सय ३५ जना सक्रिय संक्रमित पुगिसकेका छन् । अस्पतालका बेडहरु भरिभराउ छन् ।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech