पहिलो दिन बाँकेमा १९९२ र बर्दियामा १३७६ जनाले लगाए कोभिशिल्डको दोस्रो डोज

    • स्वास्थ्य पेज

  • ७ बैशाख २०७८, मंगलवार

तस्बिर:फाइल

नेपालगन्ज: पहिलो चरणमा कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई आज दोस्रो मात्रा लगाइएको छ । वैशाख ७ गते अर्थात आजदेखि देशभर तोकिएका खोप केन्द्रबाट खोप लगाउने कार्यक्रम अनुसार आज पहिलो दिन देशभर पहिलो डोज लगाएकाहरुले दोस्रो डोज लगाएका हुन् ।

बाँकेमा आज मंगलबार पहिलो प्राथमिकतामा रहेको समुहका १ हजार ९९२ जनाले दोस्रो डोज लगाएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

पहिलो दिनमै खोप लगाउन आएकाहरु भेरी अस्पताल खोप केन्द्रबाट समय अभावले फर्कनु परेको थियो ।खोप लगाउन आएकाहरुको साझ ४:३० बजेसम्म भिडभाड थियो । छुटेकाहरुलाई भोली बिहान १० बजेबाट खोप लगाउन सुरु गरिनेछ ।

उता बर्दियामा पहिलो दिन आज पहिलो प्राथमिकतामा रहेको समुहका १ हजार ३७६ जनाले कोभिशिल्डको दोस्रो डोज लगाएका छन् । ४९५ जना महिला र ८८१ जना पुरुष गरि १३७६ जनाले दोस्रो डोज लगाएको बर्दियाका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

गएको माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा कोभिशिल्ड खोप लगाइएको थियो । खोप लगाउँदैमा ढुक्क हुने स्थिति हुँदैन, यसले जटिलताबाट र सङ्क्रमण फैलिन कम गर्ने हो । शतप्रतिशत जोगिए भन्ने सोच्नु हुँदैन ।

पहिलो र दोस्रो मात्राको खोप लगाइसकेपछि पनि भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातको सरसफाइ गर्ने गर्नुपर्छ । भीडभाडमा जानु हुँदैन । यस्ता कुराहरुलाई अनिवार्य अवलम्बन गर्न चिकित्सकहरले अपिल गरेका छन् ।

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech