संक्रमण दर उकालो लाग्यो,आज एकैदिन १७३६ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ७ बैशाख २०७८, मंगलवार

काठमाडौं: देशभर आज एकैदिन १ हजार ७३६ जनामा कोरोना भाइरस संकमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालाहरुमा पीसीआर परिक्षण गर्दा १ हजार ६६७ जना र एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ६९ जना गरि कुल १ हजार ७३६ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल ८ हजार ७३८ नमुना परिक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ८७ हजार ५६८ पुगेको छ ।

मंगलबार कोभिड सकंम्रण जितेर २५१ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना भाइरस संक्रमणबाट निको भएर डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ । हाल क्वारेन्टिाइनमा ९२ जना छन् ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा ११ जनाको मत्यु भएको रिर्पोट प्राप्त भएको छ । हाल देशभर ८ हजार ६५९ जना कोरोना भाइरसका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech