भेरीमा भर्ना भएको ४० मिनेटमै मृत्यु

बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ६४ पुग्यो


    • स्वास्थ्य पेज

  • ७ बैशाख २०७८, मंगलवार

तस्विरः फाइल

नेपालगन्ज: कोराना भाइरस संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँके खजुरा २ का ३३ वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

सोमबार पीसीआर परीक्षण गर्दा मंगलबार अर्थात आज कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उहाँलाई भेरी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

दिउँसो २ बजे उपचारका लागि भर्ना भएका उहाँको दिउँसो २:४० बजे नै मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ६४ पुगेको छ ।

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech