नेपालगन्ज: कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेमा लकडाउन गर्ने निर्णय भएको छ ।
जिल्ला कोभिड – १९ संकट ब्यबस्थापन केन्द्रको आज बसेको बैठकले बैशाख ९ गते देखि लकडाउन गर्ने निर्णय गरेको हो ।
तत्कालका लागि एकसाता लकडाउन गर्ने निर्णय भएको छ । अबस्था हेरेर थप्न सकिने छ । यसको आदेशका लागि केन्द्रले प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्नेछ ।