कोहलपुरमा एकै वडाका दुई कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ७ बैशाख २०७८, मंगलवार

तस्विर: फाइल

नेपालगन्जः बाँकेको कोहलपुर नगरपालिकाका दुईजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । एकजनाको उपचारका क्रममा र अर्का एकजनाको उपचारका लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको हो ।

कोरोनाबाट यसरी मृत्यु हुनेमा कोहलपुर नगरपालिका २ की ३५ वर्षीया महिला र कोहलपुर २ कै ७७ वर्षीय पुरुष रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण कोहलपुरमा मृत्यु भएको थियो । साँझ उनको रिपोर्ट पोजेटिभ आयो ।

स्वास्थ्य समस्या आएपछि उनी सोमबार बिहान मात्र अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।

यस्तै ७७ वर्षीय संक्रमित पुरुषको भने अस्पताल पुर्याउने क्रममा गेटमै मृत्यु भएको छ । उनी दम र टिवी रोगका विरामी थिए ।

योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या ६३ जना पुगेको छ ।

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech