भारतमा एकैदिन २ लाख ५६ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिए

    • स्वास्थ्य पेज

  • ७ बैशाख २०७८, मंगलवार

नेपालगन्जः भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५६ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।

यो एकैदिन सङ्क्रमित हुनेको संख्या अहिलेसम्मकै धेरै हो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५७ जनाभन्दा धेरैको ज्यान गएको छ ।

योसँगै कोरोनाका कारण भारतमा ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार ५ सय ५० पुगेको छ । यस्तै कोरोना सङ्क्रमितको संख्या अस्वाभाविक रुपमा बढेसँगै भारतको केरला राज्यमा रात्रिकालीन कर्फ्यु लगाउने घोषणा भएको छ ।

आज रातिदेखि लागू हुने गरेर केरला सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालीन कर्फ्युको घोषणा गरेको हो ।

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech