भेरी अस्पतालमा गरिएको परीक्षणमा अहिलेसम्मकै धेरै संक्रमित फेला, २१९ मा संक्रमण

    • स्वास्थ्य पेज

  • ६ बैशाख २०७८, सोमबार

नेपालगन्जः भेरी अस्पतालमा गरिएको नमुना परीक्षणमा ठूलो संख्यामा कोरोना भाइरस संक्रमित फेला परेका छन्। ३ सय ७५ नमुना परीक्षण गरिएकोमा २ सय १९ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

भेरीमा गरिएको नमुना परीक्षणमा पोजेटिभ केस देखिएको यो अहिलेसम्मकै बढी हो । यसअघि १ सय २७ जनामा संक्रमण पुष्टि भएको थियो । बाँकेमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको छ ।

चिकित्सकहरुले स्थिति नियन्त्रण बाहिर गइसकेकाले मानिसहरुको मुभमेन्ट रोक्न अपिल गर्दै आएका छन् । तर स्थानिय प्रशासन र स्थानीय नागरिकहरु भने गैरजिम्मेवार जस्तै देखिएका छन् ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech