बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच सदस्यमा कोरोना

    • स्वास्थ्य पेज

  • ६ बैशाख २०७८, सोमबार

काठमाडौंः बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई कोरोना संक्रमण भएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले आफूसहित छोरा, बुहारी, छोरी र नातिनीलाई कोरोना संक्रमण देखिएको जानकारी दिनुभएको छ।

श्रेष्ठले कोरोना देखिएपछि सास्ती हुने रहेछ भन्दै यसलाई खेलाँची नगर्न पनि आग्रह गर्नुभएको छ ।
कोरोनाबाट जति सकिन्छ सर्तक रहन पनि उहाँले अनुरोध गर्नुभएको छ।


Nabintech