एकैदिन नेपालमा १२८१ संक्रमीत थपिए

    • स्वास्थ्य पेज

  • ६ बैशाख २०७८, सोमबार

काठमाडौं: नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। गत २४ घण्टामा ७ हजार ५ सय ४८ जनाको परीक्षण गर्दा १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पिसिआर परीक्षणमा १ हजार २ सय ८१ र एन्टिजेनमा ५४ गरी १ हजार २स य ८१ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये ७ हजार २ सय ५४ जना आइसोलेसनमा छन्। यसअघि आइतबार १ हजार ९६ जना कोरोना संक्रमित भेटिएका थिए। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ।

यस्तै हालसम्म २३ लाख ५२ हजार ५ सय २ जनाको पिसिआर परीक्षण भएको छ। गत २४ घण्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ९१ पुगेको छ। हाल ८१ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा २ सय ५५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech