कोरोनाबाट २० बर्षिया नर्स अनिशा ओलीको निधन

    • स्वास्थ्य पेज

  • ६ बैशाख २०७८, सोमबार
नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा उपचाररत एकजना नर्सको निधन भएको छ ।
कोरोना भाइरस संक्रमीत तुलसीपुर उपमहानगरपालिका- ११ कि अनिशा ओलीको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि ओलीले बैशाख १ गते कोहलपुरको बागेश्वरी ल्याबमा पीसीआर परिक्षण गराउनु भएको थियो ।
 त्यसैदिन रिपोर्ट पोजेटिभ आयो । त्यसपछि उहाँलाई भेरीमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । तर उपचारका क्रमम आज बिहान साढे १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उहाँ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहेको बुझिएको छ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech