होमआइसोलेसनमा बसेका कोहलपुरका कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ६ बैशाख २०७८, सोमबार

नेपालगन्जः बाँकेमा होमआइसोलेसनमा बसेका एकजना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १४ का ७५ बर्षिय संक्रमित पुरुषको गएराती मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो । उनलाई आइतवार संक्रमण पुष्टि भएको थियो ।

उनी दीर्घरोगीका विरामी थिए । भारतमा उपचार गरेर उनी बैशाख ४ गते शनिवार घर फर्किएका थिए । स्वास्थ्यमा सुधार नआएपछि आइतवार नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा कोरोना परिक्षण गरिएको थियो ।

र, रिपोर्ट पोजेटिभ आयो । परिवारकै आग्रहमा उनलाई होम आइसोलेसनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech