नेपालगन्ज मेडिकल कलेजको फिवर क्लिनिक सुरु, भेरीमा भोलिदेखि

    • स्वास्थ्य पेज

  • ६ बैशाख २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्जः गत वर्ष कोभिड आइसोलेसन संचालन गरेका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजले फिवर क्लिनिक चलाएका थिए । कोरोनासँग मिल्दोजुल्दो ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएका विरामीहरु सिधै फिवर क्लिनिकमा जाने गरेका थिए । उनीहरुको त्यही चेकजाँच हुने गरेको थियो ।, र उपचारको प्रक्रिया अघि बढ्थ्यो ।

तर भाइरस संक्रमण कम भएसँगै फिवर क्लिनिक बन्द भए । फिवर क्लिनिक नहुँदा विरामीहरु सिधै ओपिडी वार्डमा जाने गरेका छन्। ओपिडी वार्डमा सबै प्रकारका विरामी हुने भएकाले संक्रमित विरामीसँग घुलमिल हुने गर्छ । त्यहीबाट कोरोना भाइरस संक्रमण फैलिएको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले बताउनुभयो । ओपिडी सेवा लिन आएका मध्ये कोरोना परीक्षण गराउँदा ९० प्रतिशतबढीमा भाइरस संक्रमण पुष्टि भएको उहाँले भनाइ छ ।

अस्पतालका स्वास्थ्यकर्मीसम्मैमा भाइरस संक्रमण फैलिएको छ । नेपालगन्ज मेडिकल कलेजमा पछिल्लो दुई दिनको नमुना परीक्षणमा सतप्रतिशत रिपोर्ट पोजेटिभ आएको छ । ओपिडी वार्डबाटै भाइरस संक्रमण फैलिन थालेपछि यी अस्पतालहरुले छुट्ै फिवर क्लिनिक संचालन गर्न थालेका छन् । नेपालगन्ज मेडिकल कलेजका सहनिर्देशक डा नितेश कनोडियाले शंकास्पद विरामीहरुका लागि छुट्ै क्लिनिक संचालन सुरु गरिसकेको बताउनुभयो ।

‘अस्पतालमा आउनेहरु सचेत भएरै आउने हो उहाँले भन्नुभयो–‘बरु बजारको भीडभाड नियन्त्रण गर्न नसक्दा कोरोना नियन्त्रण बाहिर गइरहेको छ ।’ उहाँले मानिसहरुको आवागमन रोक्न नसक्ने हो भने कोरोनाको चेन ब्रेक गर्नै नसकिने बताउनुभयो । भेरी अस्पतालले भोलिदेखि फिवर क्लिनिक संचालन गर्दै छ ।

अस्पतालका प्रमुख कन्सल्ेटन्ट फिजिसियन डा पाण्डेले शंकास्पद संक्रमितहरुलाई अलग्याउन फिवर क्लिनिक जरुरी देखिएको बताउनुभयो । कोरोनाको हटस्पट बनेको बाँकेमा अस्पतालबाटै कोरोना संक्रमण फैलिएको छ ।

ओपिडी सेवा लिन आएकामध्ये ९० प्रतिशतबढीमा संक्रमण पुष्टि हुन थालेपछि अस्पताल नै कोरोनाका उच्च जोखिम क्षेत्र बन्दै गएका हुन् । बाँकेमा दैनिक दुई सयको हाराहारीमा संक्रमितहरु थपिदै गएका छन् । मृत्युदर समेत बढ्दै गएको छ ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech