आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

    • स्वास्थ्य पेज

  • ६ बैशाख २०७८, सोमबार

काठमाडौं: देशभर आज सोमबार र भोली मंगलबार राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन हुदैछ ।

सरकारले ६ महिना देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको हो ।

बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा ६ देखि २३ महिनाका बालबालिकालाई त्योपनि बितरण गर्ने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसरी भिटामिन ए, जुकाको औषधि सेवन गर्न जादा अनिवार्य रुपमा स्वास्थ्य सावधानी अपनाउन अपिल समेत गरेको छ ।

मन्त्रालयले कोभिड संक्रमणको जोखिम रहेकाले स्वास्थ्यका मापदण्ड पालना गरी अभियान सफल पार्न भनेको छ । प्रतिघण्टा १० जना बालबालिकामात्र उपस्थित हुने गरी खोप केन्द्रको व्यवस्थापन गर्न मन्त्रालयले सबै खोप केन्द्रहरुलाई आग्रह गरेको छ ।

यस्तै कोरोना संक्रमणको लक्षण देखिएका बालबालिका तथा अभिभावकहरुलाई खोप केन्द्रमा नआउन पनि मन्त्रालयले भनेको छ ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech