भेरीमा बर्दियाका ५२ बर्षिया महिलाको कोभिड संक्रमणका कारण मृत्यु

उपचारका लागि बाहिरी जिल्लाबाट बाँकेमा आई कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ९७ पुग्यो


    • स्वास्थ्य पेज

  • ५ बैशाख २०७८, आईतवार

तस्बिर:फाइल

नेपालगन्ज : कोरोना संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जकाे कोभिड आईसोलेशन वार्डमा उपचारको क्रममा गेरुवा ४ बर्दियाका ५२ बर्षिया महिलाकाे मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि चैत्र ३१ गते अस्पताल भर्ना हुनुभएकी उहाँको आज आईतबार दिउँसो ३:५५ बजे मृत्यु भएको जिल्लाका कोभिड फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

योसँगै उपचारका लागि बाहिरी जिल्लाबाट बाँकेमा आई कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ९७ पुगेको छ ।

यसअघि हिजो शनिबार भेरी अस्पताल मै तीन घण्टाको अन्तरालमा ३ जनाले ज्यान गुमाएका थिए ।

  • ५ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech