बाँकेमा कोरोनाको नयाँ भेरियन्टः दोस्रो डोज खोप लगाएकालाई पनि संक्रमण

खोप लगाएका एक दर्जनबढी स्वास्थ्यकर्मीमा भाइरस संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित हुन थालेपछि भेरीको नियमित सेवा प्रभावित हुने अवस्था देखिएको छ ।


    • स्वास्थ्य पेज

  • ५ बैशाख २०७८, आईतवार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जका इर्मेजेन्सी वार्डका इन्चार्ज मोहन श्रेष्ठले दुई महिना अघि कोरोना भाइरसविरुद्धको कोभिडशिल्डको पहिलो खोप लगाउनुभयो । योबीचमा उहाँलाई कोरोनाको खासै त्रास भएन् ।

तर अस्पताल होस् वा बाहिर हिड्दा सजगता भने अपनाउने गर्नु भएकै थियो । केही दिन अघि उहाँले कोरोना विरुद्धको खोपको दोस्रो डोज पनि लगाउनुभयो । दोस्रो डोज लगाएपछि भने उहाँलाई लागेको थियो अव त झ्याप्प कोरोनाले आक्रमण नगर्ला । किनकी खोपको मात्रा पूरा भएकाले भाइरस संक्रमणको जोखिम कम होला भन्ने उहाँको सोचाइ थियो ।

खोपको प्रभावकारीता ६० प्रतिशतमात्रै हुने बुझ्नुभएका श्रेष्ठले दोस्रो डोज लगाइसकेपछि भने कोरोनाले यति छिट्टै आक्रमण गर्ला भन्ने लागेको थिएन् । तर उहाँलाई एक साता अघि स्वास्थ्यमा समस्या देखियो । हल्का ज्वरो आयो । रुघाखोकी लाग्यो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उहाँले भेरीमा कोरोना परीक्षण गराउनु भयो ।

३१ गते रिपोर्ट पोजेटिभ आयो । अहिले उहाँ होम आइसोलेसनमा बसिरहनुभएको छ । रुघाखोकीले अझै नछोडेको श्रेष्ठले बताउनुभयो । कोरोना विरुद्धको दोस्रो डोज लगाएका श्रेष्ठमात्र होइन् भेरीका अरु स्वास्थ्यकर्मीलाई पनि भाइरस संक्रमण पुष्टि भएको छ ।

उनीहरु अधिकांशलाई लक्षण चिन्ह देखिएको छ । खोप लगाएका एक दर्जनबढी स्वास्थ्यकर्मीमा भाइरस संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित हुन थालेपछि भेरीको नियमित सेवा प्रभावित हुने अवस्था देखिएको छ ।

  • ५ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech