रोकिएन मृत्युको श्रृखला, ३ घण्टाको अन्तरमा भेरीमा कोरोना संक्रमित ३ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०७८, शनिबार

तस्बिर:फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । भेरी अस्पतालको आइसोलेसनमा ३ घण्टाको अन्तरमा तीन जनाले अन्तिम श्वास फेरेका छन् ।

बाँकेका कोरोना फोकलपर्सन तेज वलीका अनुसार बाँकेका १ जना र जिल्ला बाहिरका २ जना गरि ३ जनाको २ घण्टाको अन्तरमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बैजनाथ गाउँपालिका ८ बाँकेका ७८ वर्षिय महिला , राजापुर १ बर्दियाका ७३ वर्षिय पुरुष र नारायण नगरपालिका १ दैलेखका ६८ वर्षिया महिला रहनुभएको छ ।बैजनाथका ७८ वर्षिय महिलालाई २०७७ चैत्र ३१ गते पसीआर परीक्षण गर्दा २०७८ बैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बैशाख २ गते भेरी अस्पतालमा भर्ना भएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उहाँको शनिबार साँझ ७:४० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

यस्तै दैलेखका ६८ वर्षिय महिलामा ७७ चैत्र ३१ गते पीसीआर परीक्षण गर्दा २०७८ बैशाख १ गते कोभिड पुष्टि भएको थियो । सोही दिन अस्पताल भर्ना गरि उपचार सुरु गरिएको भएपनि उहाँको उपचारकै क्रममा शनिबार राती ९:३० बजे मृत्यु भएको जिल्लाका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

बर्दियाका ७३ वर्षिय पुरुष बैशाख २ गते उपचारका लागि भेरीमा भर्ना भएपनि स्वास्थ्यमा सुधार नआउँदा शनिबार साँझ ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech