सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०७८, शनिबार

काठमाडौं: सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिस गरेको छ।

केन्द्रको आज बसेको बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेकाले विद्यालयहरुमा ठूलो समस्या देखिन सक्ने भन्दै भौतिक उपस्थिति बन्द गराएर अनलाइनमार्फत पठनपाठन सञ्चालन गर्नुपर्ने निर्णयको लागि मन्त्रिपरिषद् बैठकलाई सिफारिस गर्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर डीसीसीएमसीको समन्वयमा पालिकाले विद्यालय बन्द वा खुला गर्न सक्ने जनाएको थियो । स्वास्थ्य मन्त्रालयले अति जोखिम १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरे पनि ती जिल्लाका स्थानीय तहले पूर्णरूपमा विद्यालय बन्द भने गरेका छैनन् ।

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech