२४ घण्टामा ८४३ संक्रमित थपिए, १३९ जना आइसियु र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०७८, शनिबार

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर ८४३ कोरोना संक्रमित थपिएका छन्। ६ हजार ४ जनाको पिसिआर परीक्षण गर्दा ८४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार ७६८ पिसिआर र ७५ जनाको एन्टीजेन परीक्षण गर्दा ८४३ जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ जना पुगेको छ। जसमध्ये ५ हजार ५ सय ४५ जना आइसोलेसनमा छन्। यसअघि शुक्रबार ९ सय जना कोरोना संक्रमित भेटिएका थिए।

गत २४ घण्टामा २ सय २६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै देशभर हाल १३९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएका ८४३ सय संक्रमितमध्ये १ सय ३९ जना संक्रमित आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

९४ जना आइसियु र ४५ जना भेन्टिलेटरमा छन्। यसअघि शुक्रबार १३८ संक्रमित आइसियु र भेन्टिलेटरमा थिए। आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ।

बागमती प्रदेशमा ४४ जना आइसियु र २६ जना भेन्टिलेटरमा छन्। प्रदेश १ मा २ जना आइसियु, प्रदेश २ मा ७ जना आइसियुमा, गण्डकी प्रदेशमा ३ जना आइसियु र १ जना भेन्टिलेटरमा छन्।

लुम्बिनी प्रदेशमा ३० जना आइसियु र १४ जना भेन्टिलेटरमा, कर्णालीमा ५ जना आइसियु र एक जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा ३ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech