भेरीको प्रयोगशालामा १९० नमुना परीक्षण गर्दा १०९ जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०७८, शनिबार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अस्पतालले गएको २४ घण्टामा १९० जनाको नमुना परीक्षण गर्दा ८ वर्ष देखि ७३ वर्ष उमेर समुहकामा कोभिड संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा हालसम्म ५५ हजार ७६७ नमुना परीक्षण सम्पन्न भएको छ ।

हालसम्म परीक्षण भएका नमुना मध्य ६ हजार १८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण तिब्र रुपमा फैलिदै गएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले यसको नियन्त्रणका लागि विभिन्न निर्णयहरु गरेको छ ।

साझँ ७ बजेपछि रेष्टुरेन्ट,क्लबहरु बन्द गर्न केन्द्रले अपिल गरेको छ । मनोरन्जन स्थलहरु, फनपार्क, सिनेमा हल लगायत पनि बन्द गर्न भनिएको छ । चिकित्सहरुले कोभिड संक्रमण करिब नियन्त्रण बाहिर गएको भन्दै स्वास्थ्य सावधानी अपनाउन अपिल गरेका छन् ।

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech