भेरीमा कोभिड संक्रमित ३७ वर्षिय महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०७८, शनिबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पतालको आइसोलेसनमा नारायणपुर-११ दाङका ३७ वर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

स्वास्थ्यमा समस्या आएपछि उहाँको नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा २०७७ चैत्र २६ गते पीसीआर परीक्षण गरिएको थियो । सोही दिन उहाँमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उहाँलाई भेरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

जिल्लाका कोरोना फोकलपर्सन तेज वलीका अनुसार स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज शनिबार बिहान १:२७ मा मृत्यु भएको छ । योसँगै बाँकेमा उपचारका लागि बाहिर जिल्लाबाट आएर कोरोना संकमणका कारण ज्यान गुमाउनेहरुको संख्या ९४ पुगेको छ ।

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech