मेडिकल कलेजको कोभिड आइसोलेसन वार्ड पुन सन्चालन

    • स्वास्थ्य पेज

  • ३ बैशाख २०७८, शुक्रबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएको र जिल्लामा उपचारका लागि बेड समेत अभाव हुन थालेपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आजदेखि पुन आइसोलेसन वार्ड सन्चालनमा ल्याएको छ ।

अस्पतालले भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको चाप बढ्दा बेडको अभाव हुनथालेपछि संक्रमित बिरामीहरुको उपचारका लागि तत्काल ३० बेडको कोभिड आइसोलेन वार्ड र १५ बेडको कोभिड आइसियु सन्चालनमा ल्याएको जानकारी दिएको हो ।

शुक्रबार नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक नितेश कुमार कनौडियाले एक सूचना जारी गर्दै भेरीले बिरामी थेग्न नसक्ने स्थिति भएपछि पुन कोभिडका बिरामीको उपचार सेवा सुरु गर्न लागेको जनाउनुभएको छ । अस्पतालका अन्य सेवा भने नियमित हुनेछन् ।

  • ३ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech