संक्रमण फैलिन नदिन जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको एक्सन

    • स्वास्थ्य पेज

  • ३ बैशाख २०७८, शुक्रबार

नेपालगन्ज: कोरोना भाइरस संक्रमण तिब्र रुपमा बढ्न थालेपछि बाँकेमा यसको नियन्त्रणका प्रयासहरु गर्न थालिएको छ । संक्रमण अस्वभाविक रुपमा बढेपछि शुक्रबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले रात्री व्यवसाय, खेलकुद, जिम, सार्वजनिक पुजाआजा तथा जात्राहरु, सभा,सम्मेलन तथा भेलाहरु अर्को सूचना नआउन्जेल बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै केन्द्रको बैठकले सिनेमा हल, पार्टी प्यालेस, स्वुमिङ पुल र फनपार्क जस्ता मनोरञ्जन स्थलहरु समेत बन्द गर्ने निर्णय गरेको छ । संक्रमित संख्या दिन प्रतिदिन बढ्दै गएपछि केन्द्रले ७ बजेपछि सबै रेष्टुरेन्ट र क्लबहरु समेत बन्द गर्ने जनाएको छ ।

यसैबचि केन्द्रले समुदायमा तिब्र रुपमा बढिरहेको कोभिड-१९ संक्रमणको साङ्लो तोड्न यथाशिघ्र पब्लीक मुभमेन्ट नियन्त्रण गर्न आवश्यक भएकाले परिस्थितिको आँकलन गरि उपयुक्त समयमा निषेधाज्ञा वा लकडाउनको आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

हेरौ केन्द्रको आजका बैठकको निर्णयहरु

 

  • ३ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech