देशभर एकैदिन ९ सय कोभिड संक्रमित थपिए,मंसिर महिनायताकै उच्च

    • स्वास्थ्य पेज

  • ३ बैशाख २०७८, शुक्रबार

काठमाडौं: देशभर आज शुक्रबार ९ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १५८ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

यो मंसिर महिनायताकै उच्च संक्रमितको संख्या हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । गएको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट निको भएर २०८ जना डिस्चार्ज भएका छन्।

योसँगै नेपालमा संक्रमण मुक्त भएर डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण चार जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ३ हजार ७० पुगेको छ । देशभर ५ हजार ८ जना कोरोना भाइरसका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेको स्वासथ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

 

 

  • ३ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech