भारतबाट फर्किएका ३१ बर्षीय कोरोना संक्रमित युवाको भेरी अस्पतालमा मृत्यु

    • स्वास्थ्य पेज

  • ३ बैशाख २०७८, शुक्रबार

तस्विर : फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरीमा थप एकजनाको मृत्यु भएको छ । गुर्भाकोट १३ सुर्खेतका ३१ वर्षका पुरुषको उपचारका क्रममा भेरीमा मृत्यु भएको हो । उनको आज विहान ७ : १५ बजे मृत्यु भएको हो ।

उनलाई चैत ३१ गते कोरोना पुष्टि भएको थियो । उनी त्यसैदिन अस्पताल भर्ना भएका थिए । उनी एक हप्ता अघि भारतबाट फर्किएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई यसअघि कुनै स्वास्थ्य समस्या नभएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा बाहिरी जिल्लाका ९३ जनाको मृत्यु भएको छ ।

  • ३ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech