बाँकेमा कोरोना भाइरस नियन्त्रण बाहिरः मेडिकल कलेजको परीक्षणमा सतप्रतिशत पोजेटिभ

    • स्वास्थ्य पेज

  • ३ बैशाख २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा कोरोना भाइरस संक्रमण नियन्त्रण बाहिर गएको छ । नमुना परीक्षणको रिपोर्टले भाइरस संक्रमण सतप्रतिशत देखाउन थालेपछि कोरोना नियन्त्रण बाहिर गएको संकेत गरेको छ ।

नेपालगन्ज मेडिकल कलेजमा विहीबार ४५ जनाको नमुना संकलन गरिएको थियो । त्यसमा ४५ जनाकै रिपोर्ट पोजेटिभ आएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका अधिकांशमा लक्षण चिन्ह देखिएको छ । दुई दिन अघिपनि मेडिकल कलेजमा ३६ जनाको नमुना परीक्षण गर्दा ३६ जनामै पोजेटिभ देखिएको थियो ।

 

  • ३ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech