सबै सरकारी अस्पताललाई कम्तीमा पचास प्रतिशत शय्या कोरोना संक्रमितको व्यवस्थापनका लागि छुट्याउन मन्त्रालयको निर्देशन

    • स्वास्थ्य पेज

  • २ बैशाख २०७८, बिहीबार

तस्बिर:फाइल

काठमाडौं: कोभिड संक्रमित दर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कम्तीमा पचास प्रतिशत शय्या कोरोना संक्रमितको व्यवस्थापनका लागि छुट्याउन निर्देशन दिएको छ।

अस्पतालमा भएका कुल शय्यामध्ये पचास प्रतिशत शय्या कोरोना संक्रमतिको लागि छुट्याउन मन्त्रालयले निर्देशन दिएको हो । यसैबिच मन्त्रालयले नियमित रुपमा अस्पतालमा सेवा लिन आइरहेका सेवाग्राहीहरुलाई कोभिड-१९ पुष्टि भएका आधारमा मात्र अन्य अस्पतालमा पठाउने गरेर अनावश्यक दुख हुने कामहरु नगर्न नगराउन अपिल गरेको छ ।

सबै सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार मापदण्डअनुसार निशुल्क गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ।

 

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech