सबै अस्पताललाई अनिवार्य फिवर क्लिनिक सन्चालन गर्न मन्त्रालयको निर्देशन

    • स्वास्थ्य पेज

  • २ बैशाख २०७८, बिहीबार

काठमाडौं: कोरोना भाइरस संक्रमण तिब्र रुपमा बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालमा अनिवार्य फिवर क्लिनिक सन्चालन गर्न निर्देशन दिएको छ ।

संक्रमितहरुको संख्या अस्वभाविक रुपमा बढ्दै गएपछि मन्त्रालयले आज एक सूचना जारी गर्दै सबै अस्पतालहरुलाई अनिवार्य रुपमा(ज्वरो) फिवर क्लिनिक सन्चालनका लागि निर्देशन दिएको हो । साथै मन्त्रालयले कोभिड परीक्षणका लागि अस्पतालहरुलाई नमूना संकलन र परीक्षणको व्यवस्था गर्न गराउन अनुरोध गरेको छ ।

मन्त्रालयले सबै नागरिकहरुलाई कोभिड-१९ संक्रमणबाट जोगिन संवेदनशिल बनिदिन र स्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न अपिल गरेको छ । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने बुझेर संवदेनशिल बनिदिन मन्त्रालयले अपिल गरेको हो ।

 

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech