पत्रकार कमलको कोरोनाबाट मृत्यु

    • स्वास्थ्य पेज

  • २ बैशाख २०७८, बिहीबार

नेपालगन्जः कोरोना संक्रमित विर्तामोड निवासी पत्रकार कमल मिश्रको निधन भएको छ। ४८ वर्षीय उहाँको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो।

विर्तामोड नगरपालिका–८ झापा निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किनुभएको थियो ।

भारतबाट फर्किएलगत्तै बिरामी परेका उहाँमा स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

उपचारकै क्रममा उहाँको गए राति निधन भएको हो ।

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech