अटेरी कोरोना संक्रमितः भेरीको आइसोलेसनमा बसेका संक्रमित खाना खान होटेल पुग्छन्

    • स्वास्थ्य पेज

  • २ बैशाख २०७८, बिहीबार

तस्विर : फाइल

नेपालगन्जः कोरोनाको शंकास्पद लक्षण चिन्ह देखिएपछि ती व्यक्ति सकेसम्म एकान्तबास बस्नु पर्छ । परिवारका सदस्यभन्दा फरक कोठामा । मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्छ ।

अरुलाई संक्रमण नफैलियोस् भनेर सचेतना अपनाउनु पर्छ । तर संक्रमण पुष्टि भएर भेरी अस्पतालको आइसोलेसन वार्डमा बसेका एकजना कोरोना संक्रमित भने खुलियाम बजारमा घुमफिर गर्ने गरेका छन् । संक्रमण पुष्टि भएका ती व्यक्ति कपाल काट्नदेखि खाना खानसमेत बाहिर निस्कन्छन् । स्वास्थ्यकर्मीले सम्झाउँदा समेत उनी उल्टै धम्की दिने गरेका छन् ।संक्रमितहरु अनुशासनहिन हुँदा प्रहरी प्रशासन गुहार्नु पर्ने अवस्था आएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

अटेरी कोरोना संक्रमितका कारण स्वास्थ्यकर्मीहरु हैरान छन् । एकजना स्वास्थ्यकर्मीले भने–‘संक्रमित यतिसम्म अटेरी भए उपचारै गर्न गाह्रो छ ।’ संक्रमण पुष्टि भएपछि ती संक्रमित जवरजस्त आइसोलेसनमा छिरेका थिए । उनलाई सामान्य लक्षणचिन्ह देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

संक्रमितहरु अनुशासनहिन हुँदा संक्रमण फैलने जोखिम बढेको छ । संक्रमितसँग बसेका आफन्तहरुले समेत सावधानी नअपनाउने गरेको पाइएको छ । उनीहरु खाना लिन होटल पुग्ने, सरसामान किन्न बजार जानेसम्म गरेका छन् ।

पछिल्लो पटक देखिएको कोरोना भाइरसको संक्रमण संक्रमितको नजिक पुगेका अधिकांशलाई देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । संक्रमितको थामिनसक्नु भीड, अटेरी संक्रमित र भद्रगोल व्यवस्थापनका कारण भाइरस संक्रमणको जोखिम थप चुनौतिपूर्ण देखिएको छ ।

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech