नेपालमा पनि देखियो डबल म्युटेन्ट भेरियन्ट

    • स्वास्थ्य पेज

  • २ बैशाख २०७८, बिहीबार

काठमाडौंः नेपालमा एकजनामा कोभिड-१९ को नयाँ प्रजाति डबल म्युटेन्ट भाइरस देखिएको छ । ललितपुरका एकजना संक्रमितमा डबल म्युटेन्ट भाइरस पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलका अनुसार जीन सिक्वेन्सिङका लागि हङकङ पठाइएका १५ वटा नमुनामध्ये एकजनामा यो भाइरस पुष्टि भएको हो ।

५९ वर्षीय एक व्यक्तिमा देखिएको भाइरस उनको सम्पर्कमा आएका अरुमा भए नभएको पहिचान गर्न कन्ट्याक ट्रेसिङको काम भइरहेको डा पौडेलले बताउनुभयो।

भारतका धेरै स्थानमा डबल म्युटेन्ट भाइरस देखिएको छ। नेपालमा भने यो पहिलो पटक हो।

नेपालमा देखिएको भाइरस भारतबाट आएको हो वा नेपालमा नै म्युटेन्ट भएको हो भन्ने विषयमा थप अध्ययन भइरहेको छ।

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech