डुडुवामा तीनवटा विद्यालयका शिक्षक र विद्यार्थीमा देखियो कोरोना

    • स्वास्थ्य पेज

  • २ बैशाख २०७८, बिहीबार

नेपालगन्जः बाँकेको डुडुवा गाउँपालिकाका विद्यालयमा कोरोना भाइरस संक्रमण देखिएको छ । त्यहाँका तीन वटा विद्यालयका शिक्षक र विद्यार्थीमा भाइरस संक्रमण देखिएको जनता आधारभूत प्रिपहवा विद्यालयका प्रअ शिवप्रसाद सापकोटाले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार, ज्ञानदिप मावि डलैपुरका ३ जना विद्यार्थी र एकजना शिक्षकमा भाइरस संक्रमण देखिएको छ । यस्तै नेराप्रावि अम्रहवाका दुईजना शिक्षिका र सरस्वति मावि भंघोटनामा एक जना शिक्षकमा भाइरस संक्रमण देखिएको छ ।

अधिकांश विद्यालयका शिक्षक र विद्यार्थीमा रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने लगायतका लक्षण देखिएको पाइएको छ । तर उनीहरुको कोरोना परीक्षण भने गरिएको छैन् ।

गाउँपालिकाका शिक्षा शाखामा कार्यरत स्रोत व्यक्तिमा समेत तीन दिन देखि यही लक्षण देखिएको छ । यद्यपी उहाँले परीक्षण भने नगराएको बताउनुभयो । शिक्षक र विद्यार्थीमा भाइरस संक्रमण देखिएपछि पालिकाले आइतवारदेखि विद्यालय बन्दको तयारी गरेको छ ।

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech